पत्रकार श्रेष्ठविरुद्ध ललितपुर प्रहरीमा उपसभामुख ठाकुरको जाहेरी
kendrabindu.com · Tue Aug 18 00:44:18 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतको आदेशमा रिहा भएकै दिन पत्रकार किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरमा उपसभामुख रुविकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जाहेरी दिएको बताइन्।
श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय क्षति पुर्याउने नियतले अत्यन्तै भ्रामक, असत्य, अनर्गल र निन्दनीय समाचार सम्प्रेषण गरेको आरोप उपसभामुख ठाकुरले लगाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)