इरान सम्झौतामा बाधा पुऱ्याए ओमानमाथि बमबारी गर्ने ट्रम्पको चेतावनी
annapurnapost.com · Tue Aug 18 01:09:06 GMT 2026

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्।
विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। अमेरिका र इरानबीचको द्वन्द्वका कारण यो जलमार्ग विगत छ महिनादेखि प्रायः ठप्प छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)