फोनको ग्यालरीमा पासवर्डको स्क्रिनशट राख्दाको परिणामः मोबाइल चोरले रित्याइदियो बैंक खाता
techpana.com · Tue Aug 18 01:14:25 GMT 2026

काठमाडौं । मोबाइलसँगै बैंक खातामा रहेको ठुलो रकम समेत चोरी भएको घटना सार्वजनिक भएको छ । मोबाइल चोरले गोकर्णेश्वर नगरपालिका-९ का विदुरकुमार चालिसेको बैंक खाता समेत रित्याइदिएको हो ।
फोनको ग्यालरीमा सुरक्षित राखिएको बैंकिङ पासवर्डको स्क्रिनशट र सहजै खुल्ने प्याटर्न लकका कारण उनको ग्लोबल आईएमई बैंकको खाताबाट ३ लाख रुपैयाँभन्दा बढी रकम अन्यत्रै ट्रान्सफर भएको खुलेको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले हालै काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रले प्रविधिको प्रयोगमा हुने सानो असावधानीले कस्तो गम्भीर आर्थिक जोखिम निम्त्याउन सक्छ भन्ने तथ्यलाई उजागर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)