बाढीपहिरोको जोखिम बढेपछि सुनछहरीका विद्यालय पाँच दिन बन्द
kendrabindu.com · Tue Aug 18 01:58:19 GMT 2026
रोल्पा । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि रोल्पाको सुनछहरी गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गरेको छ।
गाउँपालिकाले सोमबार सूचना जारी गर्दै भदौ १ देखि ५ गतेसम्म सबै विद्यालयमा पठनपाठन तथा नियमित शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको हो। साउन २८ देखि गाउँपालिका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र बाटाघाटा अवरुद्ध भएको कारण विद्यालय बन्द गर्ने निर्णय भएको पालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)