ग्याँसको लाइन घटाउन विद्युत उपयोगमा प्रोत्साहन देउ सरकार
ajakoartha.com · Tue Aug 18 01:58:00 GMT 2026

काठमfडौं - नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धि र भावी कार्यदिशा प्रस्तुत गरेको छ । उक्त प्रतिवेदनअनुसार नेपालको विद्युत क्षेत्रमा उत्पादन, प्रशारण र वितरणतर्फ महत्त्वपूर्ण प्रगति भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालको कुल जडित विद्युत उत्पादन क्षमता ४ हजार १ सय २० मेगावाट पुगेको छ । यसै आर्थिक वर्षमा मात्र ५ सय २९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिएको छ । प्राधिकरणका ग्राहकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ३.८५ प्रतिशतले वृद्धि भई ५९ लाख २७ हजार पुगेको छ । कुल ग्राहक संख्यामध्ये घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत र औद्योगिक ग्राहकको हिस्सा १.२० प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)