कागजको पानामै गीत स्टोर: एआई र क्यूआर कोड प्रयोग गरी तयार पारियो ‘पेपर क्यासेट’
techpana.com · Tue Aug 18 01:57:42 GMT 2026

काठमाडौं । प्रविधिको संसारमा असम्भव जस्तो देखिने प्रयोगहरूले कहिलेकाहीँ अचम्मित तुल्याउँछन् । हालै मेकस्ट्रिम (Makestreme) नामले चिनिने एक मेकरले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र क्यूआर कोडको मद्दतले एउटा पुरा गीतलाई कागजको पानामा स्टोर गर्ने अनौठो प्रयोग सफल तुल्याएका छन् । उनले यसको सोर्सकोड नै ह्याक्स्टर डट आईओ मा राखिदिएका छन् ।
पेपर ट्युन्स (Paper Tunes) नाम दिइएको यस प्रोजेक्टले इन्टरनेट, क्लाउड स्टोरेज वा कुनै पनि स्ट्रिमिङ सर्भर बिना नै केवल कागजमा छापिएका कोडहरू स्क्यान गरेर गीत बजाउन सम्भव तुल्याएको हो । सामान्यतया एउटा क्यूआर कोडमा डेटा स्टोर गर्ने क्षमता निकै सीमित हुन्छ । सबैभन्दा ठुलो मानिने भर्सन ४० को क्यूआर कोडमा पनि बढीमा ३.३ किलोबाइट (केबी) सम्मको मात्र बाइनरी डेटा अट्न सक्छ । अर्कोतर्फ, करिब २ मिनेटको एउटा सामान्य एमपी थ्री गीतको साइज २.९ मेगाबाइट (एमबी) हाराहारीमा हुन्छ । यस हिसाबले एउटा गीत स्टोर गर्न करिब एक हजार क्यूआर कोडहरू आवश्यक पर्ने देखिन्छ, जुन व्यवहारिक हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)