२०औं एसियाली खेलकुद: पदकमा ‘एकतामा विविधता’को सन्देश
annapurnapost.com · Tue Aug 18 02:17:26 GMT 2026
एजेन्सी /नागोया : जापानको आइची–नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि तयार गरिएको पदकले एसियाली राष्ट्रबीचको एकता, विविधता र खेलमार्फत पुनः एकताबद्ध हुने भावनालाई प्रतिबिम्बित गरेको छ। आयोजक समितिले सार्वजनिक गरेको पदक तथा पदक राख्ने बाकसको डिजाइनले यो सन्देश प्रतिबिम्वित गर्ने जनाइएको छ।
पदकको डिजाइन प्रतियोगिताको आधिकारिक नारा ‘इम्याजिन वान एसिया’बाट प्रेरित छ। आयोजकका अनुसार सुरुमा एउटै रहेको मानव समुदाय भाषा, संस्कृति र सभ्यताको विकाससँगै विभिन्न स्वरूपमा फैलिएको छ। खेलकुदका माध्यमबाट ती विविधता फेरि एउटै भावनामा जोडिने प्रक्रियालाई पदकको आकार र सतहको बनावटमार्फत प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)