७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’
nepalnews.com · Tue Aug 18 02:54:00 GMT 2026

काठमाडौं । सरकारले हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने अभियानअन्तर्गत ‘सरकारी कुरियर सेवा’ देशका ७७ वटै जिल्लामा विस्तार गरेको छ।
साउन २९ गते हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच सरकारी कागजात घरदैलोमा पुर्याउने सम्झौता भएपछि सेवा सबै जिल्लामा पुगेको हो। सरकारको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’अन्तर्गत हुलाकलाई सरकारी कागजात तथा सामग्री ढुवानी र नागरिकको घरदैलोसम्म सेवा पुर्याउने माध्यमका रूपमा विकास गर्न थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)