वीरगन्ज नाकाबाट ७१ अर्ब २२ करोडको फलामजन्य वस्तुको आयात
kendrabindu.com · Tue Aug 18 02:58:18 GMT 2026

पर्सा । वीरगन्ज नाकाबाट फलाम तथा फलामबाट बनेका वस्तुको आयात बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यस नाकाबाट फलामजन्य वस्तुको आयात परिमाण र मूल्य दुवैका आधारमा बढेको हो।
वीरगन्ज भन्सार कार्यालयअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाह हुँदै रेलमार्फत यस्ता वस्तुको आयात हुने गरेको छ। भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा यस नाकाबाट ७१ अर्ब २२ करोड रुपैयाँ बराबरको १ अर्ब २ करोड २९ लाख किलो फलामजन्य वस्तु आयात भएको थियो। गत आर्थिक वर्षमा भने आयात बढेर ८३ अर्ब ५६ करोड रुपैयाँ बराबरको १ अर्ब २२ करोड ९५ लाख किलो पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)