संकटमा लाङटाङको चिज कारखाना
annapurnapost.com · Tue Aug 18 03:49:50 GMT 2026

युवा पुस्ता वैदेशिक रोजगारीतर्फ पलायन हुनु, पुराना चौंरीपालक किसानहरूको उमेर ढल्किँदै जानु, दूधको उत्पादन निरन्तर घट्दै जानुले कारखाना सञ्चालन गर्न मुस्किल
रसुवा : नेपालकै जेठो र ऐतिहासिक पहिचान बोकेको रसुवाको चिज उद्योग दूध उत्पादन घटेपछि संकटमा परेको छ। सात दशकअघि स्थापना भएको रसुवाको चिज उत्पादन क्षेत्रमा पछिल्लो समय अनेकौं चुनौतीहरू थपिँदै छन्। दुग्ध विकास संस्थानअन्तर्गत रसुवाका पाँच उच्च हिमाली क्षेत्रहरू धुन्चे, चन्दनबारी, लाङटाङ, तातोपानी र गत्लाङमा यस वर्ष पनि वैशाखदेखि कात्तिक मसान्तसम्मका लागि चिज उत्पादन सुरु भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)