प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय सेनाप्रमुख
kendrabindu.com · Tue Aug 18 04:04:26 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ता आज दिउँसो साढे २ बजे सिंहदरबारमा हुने छ ।
भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । साथै प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता समेत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)