खपटे किरा र सिलसाको सङ्क्रमणले मौरी मर्न थालेपछि किसान चिन्तित
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ । मौरीपालन व्यवसायबाट मह उत्पादन गर्दै आएका बाँके र बर्दियाका किसानहरू घारमै मौरी मर्न थालेपछि चिन्तित बनेका छन्। खपटे किरा र सिलसाको गम्भीर सङ्क्रमणका कारण यहाँका किसानहरू ठूलो नोक्सानीको सामना गर्न बाध्य भएका छन्।
कोहलपुरस्थित मौरीपालक किसान पुरमल बस्नेतले अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको बताउँदै खपटे किराले घारभित्र मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण जोगाउनै कठिन भएको गुनासो गरेका छन्। बाहिर आउँदा चराको आक्रमण र घारभित्र खपटे किराको सङ्क्रमण बढ्दै गएकाले मौरीलाई खानपानको व्यवस्था गर्न नसके किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने र यसमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)