भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना: ६ जना घाइते
annapurnapost.com · Tue Aug 18 04:06:01 GMT 2026

हेटौँडा : उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश चढेको स्कारपियो गाडी मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दुर्घटनामा परि गाडीमा सवार २ महिला र ४ पुरुष गरी ६ जना नै घाइते भएका छन्।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)