डिएलए–नेपालको अध्यक्षमा रावलको उम्मेदवारी घोषणा
ratopati.com · Tue Aug 18 04:16:20 GMT 2026

काठमाडौँ । प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए–नेपाल) को भदौ १९ र २० गते हुन गइरहेको आगामी १२औँ महाधिवेशनमा अध्यक्षका लागि पूर्वमहासचिव लक्ष्मी दाहाल रावलले उम्मेदवारी घोषणा गरेकी छन् ।
११ औँ महाधिवेशनमा अध्यक्षकी निकटतम प्रतिस्पर्धी रहेकी रावलले यो पटक फेरि अध्यक्षमा प्रतिस्पर्धा गर्ने पत्रकारहरूसँग बताएकी हुन् । १० औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएकी रावल नेपाल बार एसोसिएसनकी पूर्व केन्द्रीय सदस्य पनि हुन् । रावलले ‘अनुभवको नेतृत्व, संस्थाको रूपान्तरण’ भन्ने मुख्य नाराका साथ आफ्नो उम्मेदवारी र १० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)