हिमालय जेटको ‘जाल’
nepalnews.com · Tue Aug 18 04:15:16 GMT 2026

हिमालय जेटको फेसबुक पेजका भित्तामा संसारकै आकर्षक र विशाल बोइङ जेट विमान देखिन्छन्। कहिले विमानको इन्जिनअगाडि अध्यक्ष दीपेन्द्र गुरुङ देखिन्छन्, कहिले आकाश चिर्दै उडिरहेको अत्याधुनिक जेटको फोटो। आफ्नो तस्बिरसँगै जहाजका चम्किला फोटो पोस्ट गर्दै उनले सपनाको सन्देश छरिरहेका छन्– नेपालबाट अब बेलायत, युरोप र अस्ट्रेलियासम्म सिधा उडान हुनेवाला छ। हिमालय जेट र अध्यक्ष गुरुङका सामाजिक सञ्जालका पोस्ट हेर्दा लाग्छ, काठमाडौँ-लन्डनसहित युरोप र अस्ट्रेलियाका गन्तव्यमा उडान भर्ने तयारी भइसक्यो।
गुरुङ अन्तर्राष्ट्रिय क्षेत्रका ख्यातिप्राप्त व्यक्ति तथा संस्थाका प्रतिनिधिसँग भेटघाट, मिटिङ, लञ्च–डिनरसम्म गरिरहेको देखिन्छन्। यसै क्रममा नेपाली मूलका बेलायती नागरिक गुरुङ अध्यक्ष रहेको हिमालय जेटले २३ जुलाईदेखि ३० जुलाई २०२६ सम्म विभिन्न पदका लागि आवेदन माग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)