उत्तर कोरियाका किमसँग सम्पर्क टुटेकै हो त ट्रम्पको ?
nepalpress.com · Tue Aug 18 04:44:04 GMT 2026
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन् । उनले किमले आफूले गरेको पछिल्लो सम्पर्क प्रयासको जवाफ दिएको र दुई नेताबीचको संवाद सकारात्मक रहेको बताए ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पहिलो कार्यकालमा तीनपटक भेटेका किमसँगको सम्बन्धले कोरियाली प्रायद्वीपको अवस्था ‘धेरै सुरक्षित’ बनाएको दाबी गरे । दोस्रो कार्यकाल सुरु भएपछि भने उनीहरूको प्रत्यक्ष भेट भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)