भीमफेदीमा स्कारपियो दुर्घटना, मुख्य न्यायाधीशसहित ६ जना घाइते
bishowkhabar.com · Tue Aug 18 04:42:11 GMT 2026

काठमाडौं– मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सवारीसाधन दुर्घटना हुँदा जिल्ला अदालत पर्साका मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन् । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो आज बिहान अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घट्नामा जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, रिता बडु र सवारी चालक छुनिलाल चौधरी घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)