किशोर श्रेष्ठले लेखे : ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ, कलम हारेको छैन
himalpress.com · Tue Aug 18 04:56:44 GMT 2026

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठले आफू रिहा भएपछि सत्य नमरेको र कलम नहारेको अभिव्यक्ति दिएका छन्। सर्वोच्चले उनलाई रिहा गरेसँगै आफ्नो जित भएको शैलीमा श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्।
‘पन्छीको ठाउँ पिँजडा हैन, खुल्ला आकाश नै पृय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ,’ पत्रकार श्रेष्ठले लेखेका छन्, ‘सत्य मरेको छैन, कलम हारेको छैन। सबैलाई बधाई, सबैलाई शुभकामना।’ उनी वैक्तिक गोपनीयता भंग गरेको अभियोगमा उजुरी परेपछि पक्राउ परेका थिए। सोमबार सर्वोच्चले रिहा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)