मकवानपुरमा स्कारपियो खस्यो, न्यायाधीशसहित ६ घाइते, ४ जनालाई काठमाडौं लगियो
kalakarmi.com · Tue Aug 18 04:47:00 GMT 2026

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेलमा स्कारपियो दुर्घटना हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये न्यायाधीश डाँगीसहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलवार बिहान काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जुरिखेलमा दुर्घटनामा परेको हो। स्कारपियो सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)