बाजुरामा बाढी र पहिरोबाट १६ घरपरिवार विस्थापित, डेढ सय बस्ती उच्च जोखिममा
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। बाजुरामा गएराति परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा ठुलो क्षति पुगेको छ। साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाका ९ वटै स्थानीय तहका साना तथा ठूला नदीहरूमा पानीको बहाव उच्च बढेको छ भने बाढी र पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन्।
सदरमुकाम मार्तडी नजिकैको सेलाघाट लगायतका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोको खबर पाएसलगत्तै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी शैलेश्वरी बोहराको नेतृत्वमा खटिएको प्रहरी टोलीले राति नै घटनास्थल पुगी जोखिममा परेका नागरिकहरूको सकुशल उद्धार गरेको छ। भारी वर्षाका कारण साँफे–मार्तडी राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)