पोखरा रङ्गशालामा नेपाली र बङ्गलादेशी फोटो पत्रकारद्वारा संयुक्त वृक्षरोपण
bishowkhabar.com · Tue Aug 18 05:36:40 GMT 2026
काठमाडौं– पोखरा भ्रमणमा आएका बङ्गलादेशी फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा संयुक्त रूपमा वृक्षरोपण गरेका छन् । दुई देशबीचको भाइचारा र मित्रताको प्रतीकका रूपमा आँपलगायत विभिन्न फलफूलका बिरुवा रोपिएको हो। वृक्षरोपणले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोगमा भएको वृक्षरोपण कार्यक्रममा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए।के।एम। मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तलगायत फोटो पत्रकारको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)