कलङ्कीबाट खैरो हेरोइनसहित युवक पक्राउ
ratopati.com · Tue Aug 18 05:44:13 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ घर भएका २५ वर्षीय हृदय वलामी छन् ।
सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपीको साथबाट २ ग्राम ४ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी वृत्त कालिमाटीका डीएसपी नरेश सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)