आइएमई लाइफको नवौं वार्षिकोत्सव, राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर सम्झौता
ictsamachar.com

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध कार्यक्रमहरूको आयोजना गरेर मनाएको छ ।
नौ वर्ष पूरा भएको उपलक्ष्यमा कम्पनीले केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो र देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण लगायत वीमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)