इन्फान्टिनोको आलोचना गर्दा बर्खास्त भए फिफाका सीओओ
onlinekhabar.com · Tue Aug 18 05:35:41 GMT 2026
२ भदौ, काठमाडौं । फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ । फिफाको विवादास्पद ‘फिफा फवार्ड इन्टरप्राइज’ (एफएफई) योजनाको कडा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामौर बर्खास्तीमा परेका हुन् ।
फिफाले सोमबार लामौरसँगको प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्ने सम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ । फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारी तथा फिफा काउन्सिलका सदस्यलाई पठाएको सन्देशमा संस्था र लामौरले आपसी सहमतिमा अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)