२५ लाख लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दार पक्राउ
ajakoartha.com · Tue Aug 18 06:18:00 GMT 2026

काठमाडौं– २५ लाख रुपैयाँ लुटपाट गर्ने प्रयास गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार कृष्ण शाही पक्राउ परेका छन्। शाही उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेको खुलेको छ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। उनीसँगै सिन्धुपाल्चोकका अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)