सांसद्को प्रश्न– बैंकमा राखेको सुन लुटिएकाहरूलाई पैसा खोई ?
baahrakhari.com · Tue Aug 18 06:22:35 GMT 2026

काठमाडौं । रास्वपा सांसद रञ्जु न्यौपानेले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर पैसा लिएकाहरूले भदौ २४ गते सुन लुटिएपछि सुन वा त्यसवापतको पैसा नपाएको बताएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले पीडितको हारगुहार सुनिदिन आग्रह गरिन् । “नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर पैसा लिनुभएकाहरूले भदौ २४ गते जुन सुन लुटियो । त्यसपछाडि सुन पनि पाउनुभएको छैन,” उनले भनिन्, “सुनको बजार दाम पनि पाउनुभएको छैन । उहाँहरूको हारगुहार सुनिदिनुपर्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)