‘जेन–जी’ आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीको सम्बोधन माग
emountaintv.com · Tue Aug 18 06:36:46 GMT 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आगामी भदौ २३ गते ‘जेन–जी’ आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद खत्रीले उक्त आन्दोलनमार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि दिएको बलिदानको स्मरण गराउनु भयो । उहाँले सो दिन प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेको बताउनु भयो । सांसद खत्रीले आन्दोलनका कति मागहरू पूरा भए, घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारीहरूमाथि कारबाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने जिकिर गर्नुभयो ।वर्तमान सरकार भदौ २३ को बलिदानकै जगमा बनेको उल्लेख गर्दै उहाँले उक्त दिन प्रधानमन्त्रीले देशव्यापी रूपमा शहीदहरूको नाममा सम्बोधन गर्दै जनतालाई स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)