भदौ २३ गते प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ: सांसद खतिवडा
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आगामी भदौ २३ गते ‘जेन–जी’ आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्नुपर्ने माग गरेकी छिन्।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकको शून्य समयमा बोल्दै सांसद खत्रीले उक्त आन्दोलनमार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि दिएको बलिदानको स्मरण गराइन्। उनले सो दिन प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेको बताउँदै आन्दोलनका कति मागहरू पूरा भए, घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारीहरूमाथि कारबाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने जिकिर गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)