लुटपाटमा संलग्न आरोपमा प्रहरी सहायक हवलदारसहित दुईजना पक्राउ
ratopati.com · Tue Aug 18 06:47:21 GMT 2026

काठमाडौँ । काठमाडौँमा भएको एउटा लुटमा प्रहरीका सहायक हवलदार नै संलग्न देखिएका छन् । टोखामा भएको लुटपाटमा मा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई केही दिनअघि प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । सहायक हवलदार र सिन्धुपाल्चोक घर भएका जीवन घतानी बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । प्रहरीले उनीहरूको साथबाट १ लाख २३ हजार नगद बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)