बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
annapurnapost.com · Tue Aug 18 07:12:57 GMT 2026

तानसेन : पाल्पालगायत पहाडी क्षेत्रका बस्तीमा बाँदर, दुम्सी, बदेल, मृग, खरायोलगायतका जंगली जनावरले खेतीपातीमा ठूलो नोक्सान पुर्याउँदै आएका छन्। जंगली जनावरको कारण बस्ती नै खाली हुन थालेपछि पाल्पा रिब्दीकोट गाउँपालिका–१ ख्याहाले गाउँ–गाउँमा बाँदर हेरालु कर्मचारीदेखि, कृषकको बारीमा काँडेतार जाली लगाएर जंगली जनावर नियन्त्रणको नमुना काम गरेको छ।
अहिले मकै खेतीको मुख्य सिजन हो। चैत–वैशाखमा लगाएको मकै अहिले फल्ने, दाना हाल्ने समय हो। जंगली जनावार बाँदर र बँदेलको संख्या अत्याधिक वृद्धि सँगै कृषकले लगाएको मकैलगायत अन्नबालीमा ठूलो नोक्सान पु¥याउँदै आएको छ। केन्द्रीय सरकारलाई बाँदर तथा बँदेल जस्ता जंगली जनावर नियन्त्रणका लागि कृषकहरूले आवाज उठाए पनि कहीँ कतैबाट सुनुवाइ हुन सकेको छैन। पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहा वडा कार्यालयले २०८० सालदेखि प्रत्येक वर्ष बाँदर लखेट्न ९–१० जनाका दरले हेरालु कर्मचारी खटाएर कृषकको मकै खेती जोगाउने अभियानमा लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)