एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
nagariknews.nagariknetwork.com · Thu Jun 04 06:16:49 GMT 2026
एसिया कप क्रिकेट पुरुष छनोटमा नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल सिंगापुरमा अहिले केहीबेरमा सुरु हुनेछ। मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपाल केहीबेरमा ब्याटिङमा उत्रनेछ।
समूह एमा रहेको नेपाल र मलेसियाको समान २ अंक छ। यद्यपि रनरेटनमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ। आजको खेलको विजेताले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यहीँ समूहमा रहेको चीनले आफ्ना दुवै खेल हारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)