प्रतिबद्धता पूरा गर्न विकसित राष्ट्रलाई दबाब दिइरहेका छौं
karobardaily.com · Thu Nov 17 02:00:00 GMT 2022
औद्योगिक क्रान्तिसँगै विश्वको वायुमण्डलीय सतहमा बढ्दै गइरहेको हरितगृह ग्यास उत्सर्जनका कारण पृथ्वीको तापमान पनि वृद्धि हुँदै गइरहेको छ । तापमान वृद्धिका कारण जलवायुजन्य प्रकोप बढ्ने र पृथ्वीको अस्तित्व नै संकटमा पर्ने भन्दै यतिबेला विश्वभरका वातावरणविद्हरू चिन्तित छन् । यो समस्या कसरी समाधान गर्ने भनेर विश्वको १ सय ९८ राष्ट्रका प्रमुखदेखि अन्य प्रतिनिधिहरू एउटै स्थानमा जम्मा भएर बहस गर्न नोभेम्बर ६ देखि शर्म–एल–शेख, इजिप्टमा जम्मा भएका छन् । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको उक्त सम्मेलनमा तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा कसरी कायम राख्ने ? भन्नेमा सबैको चिन्ता र चासो देखिएको छ । जलवायु परिवर्तन गराउनुमा नेपालको भूमिका नगन्य भए पनि यसको असर हामीले खेपिरहेका छौं । जलवायुजन्य हानि–नोक्सानीको सामना गरिरहेको, नेपालजस्ता देशहरूले जलवायुजन्य हानि–नोक्सानीका लागि छुट्टै जलवायु वित्तीय संयन्त्रको व्यवस्था हुनुपर्ने, धनी मुलुकहरूले जलवायु वित्तीय दायित्व बढाउनुपर्ने, अनुकूलनका लागि वित्तीय आकार फराकिलो बनाउनुपर्ने, विगतमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा जोड दिँदै नेपालले पनि आफ्नो एजेन्डामा नेगोसेसन गरिरहेको बताउँछन्, वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल । जलवायु नेपालको हितनिमित्त कस्ता एजेन्डा उठाइएका छन्, नेपालले कसरी भूमिका खेल्नुपर्छ भन्ने सन्दर्भमा रिपोर्टिङका क्रममा शर्म–एल–शेख, इजिप्टमा पुगेकी कारोबारकर्मी प्रगति ढकालले कँडेलसँग गरेको कुराकानीको सार :
नेपालले कस्ता एजेन्डाहरू लिएर आएको थियो ?
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)