निर्धारित समयभन्दा छिटो बन्यो सडक
karobardaily.com · Fri Nov 18 00:00:00 GMT 2022
सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि नसकिँदै सम्पन्न भएको बताएको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघि नै सम्पन्न भएको बताएको छ ।
मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा ६ महिना अगाडि सम्पन्न भएको हो । चालू आर्थिक वर्ष सडक स्तरोन्नति गर्ने मुस्ताङ खण्डको करिब ६ किमि सडक ६ महिनामै सम्पन्न भएको हो । गत २७ चैतमा सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)