कर्णालीमा चुनावको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
nepalghatana.com · Sat Nov 19 05:34:15 GMT 2022
कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन् । मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ । मतदान केन्द्र निर्माण भइरहेका छन् । आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ ।
कर्णालीमा १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार पाँच हजार सात सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी परिचालन भएका हुन् । मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा प्रहरी अधिकृतको कमान्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)