यी चार अवस्थामा प्रहरीले कसैलाई नसोधी गोली चलाउँछ : आईजीपी सिंह
lokpath.com · Sat Nov 19 15:40:54 GMT 2022
काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको बताएका छन् । भोलि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा चार किसिमका परिस्थिति देखिए न्यूनतम बल प्रयोगको सिद्धान्त अनुरुप कसैलाई पनि सोध्नु नपर्ने गरी सर्कुलर जारी गरिएको प्रहरी महानिरीक्षक (आईजीपी) सिंहले बताए ।
स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति, सुरक्षा कायम हुननसक्ने अन्तिम विकल्पका रुपमा मात्रै सुरक्षाकर्मीले गोली चलाउनसक्ने परिकल्पना गरेको छ । उनका अनुसार निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सांघातिक आक्रमण भए, निर्वाचन वा मतदान अधिकृतलाई आक्रमणको अवस्था आए, मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने परिस्थिति भए नसोधी गोली चलाउन सक्ने गरी निर्देशन जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)