ऋषि कपुर बिरामी हुँदा अस्पताल भेट्न नजानुको कारण खोले अमिताभले, लेखे यस्तो मनछुने स्टाटस
canadanepal.com · Fri May 01 13:40:00 UTC 2020
काठमाडौं - बलिउडले दुई दिनमा २ अभिनेता गुमाएको छ । बुधबार बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको थियो भने बिहीबार नै अर्का चर्चित अभिनेता ऋषि कपुर निधन भयो । दुई दिनमा दुई अभिनेता गुमाउदा बलिउडलाई ठुलो धक्का लागेको छ ।
दुई अभिनेताको निधनले अहिले बलिउड शोकमा डुबेको छ । बिहीबार अभिनेता ऋषि कपुरको निधन भएपछि धेरैले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका थिए । अभिनेता अमिताभले पनि ऋषि कपुरको निधनले आफुलाई निकै दुख लागेको बताएका थिए । निधन भएलगत्तै अमिताभले सामाजिक सञ्जालमा ट्विट गरेका थिए । ट्विटमा उनले ुऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ।ुभनेर लेखेका थिए । तर केही टिनमै उनले उक्त ट्विट हटाएका थिए । उनले उक्त ट्विट हटाउदा बिभिन्न कुराहरु आएका थिए । त्यसपछि बिहीबार राति अमिताभले इन्स्टाग्राममा एक भावुकनोट लेखे ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)