हिमालयन डिष्टिलरीको बिक्री १२ प्रतिशतले बढ्यो
karobardaily.com · Wed Nov 16 13:11:38 GMT 2022
हिमालयन डिष्टिलरीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा २.११ प्रतिशतले बढेर २१ करोड ५७ लाख रूपैयाँ पुगेको छ । कम्पनीको बिक्री १२.२९ प्रतिशतले बढेर एक अर्ब ३८ करोड पुगेको छ ।
गत वर्ष यस्तो बिक्री एक अर्ब २३ करोड रूपैयाँ थियो। बिक्री बढेपनि लागत, प्रशासनिक खर्चलगायतमा वृद्धि भएको कारण नाफा बिक्री कै अनुपातमा नबढेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५६.८४ रूपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६० गुणा छ। कम्पनीको प्रतिसेयर नेटवर्थ दुई सय एक रूपैयाँ ६४ पैसा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)