बेनीमा पनि डेङ्गु ‘खोजी र नष्ट अभियान’
kathmandupress.com · Sun Sep 18 08:54:00 GMT 2022
म्याग्दी, असोज २ : म्याग्दी सदरमुकाम बेनीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ। बेनी नगरपालिका वडा नं ७ र ८ ले डेङ्गुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गरेको हो।
म्याग्दीमा सङ्क्रमणको सङ्ख्या १३ जना पुगेको र एक जना डेङ्गु पोजेटिभलाई अस्पतालमा भर्ना गर्नुपरेका अवस्थामा डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बेनी नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)