औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट ९६६ जनाले पाउने भए स्टार्टअप कर्जा
kendrabindu.com · Fri Jul 03 00:56:47 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष ९ सय ६६ जनाले स्टार्टअप कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत प्राप्त १० हजार २ सय ४४ प्रस्तावमध्ये १ हजार ३ सय १ परियोजनालाई प्रारम्भिक सूचीमा छानेको थियो । त्यसबाट पनि योग्य प्रस्तावकको सूचीमा परेका १ हजार २ सय ९८ परियोजनालाई प्रस्तुतीकरणका लागि छानिएकामा १ हजार १ सय ५६ ले मात्र प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा प्रस्तावकहरूले परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतीकरण, प्रश्नोत्तर तथा अन्य विवरण समेतलाई आधार मानी मूल्यांकन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)