दिक्तेल हाटडाँडाका स्थानीयले तत्काल सडक कालोपत्रेको काम सुचारु नभए मेयर-उपमेयरलाई नै थुन्ने चेतावनी दिए
nepalghatana.com · Thu Nov 17 13:27:13 GMT 2022
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् ।
स्थानीय हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाईमा गएको स्थानीयले गत १९ भदौमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गर्न/गराउन माग गरेका थिए । सो मागको सुनुवाई नभएको भन्दै दिपेन्द्र बस्नेत, बिनोद खड्का लगायतका स्थानीय युवाले बिहिबार मेयर तीर्थराज भट्टराईलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको काम यथाशिघ्र सुचारु नगराए हड्तालमा उत्रने चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)