केतन हत्या प्रकरण : प्रेमी चेतनले सियामाथि दिएका थिए दबाब, ब्ल्याकमेलको आशंका
annapurnapost.com · Fri Jun 26 10:25:05 GMT 2026

भारत : पुणेका केतन अग्रवाल हत्या प्रकरणमा नयाँ मोड देखिएको छ । प्रहरीले अब यो घटनाको नयाँ कोणबाट अनुसन्धान थालेको छ । अनुसन्धानको केन्द्रमा अहिले यो प्रश्न छ–कतै सियाका प्रेमी चेतनले उनलाई आफ्नै भावी दुलाहा केतनको हत्या गर्न बाध्य त पारेनन् ? स्रोतहरूका अनुसार प्रहरीले चेतनले सियासँग भएका निजी कल र सन्देश (प्राइभेट मेसेज) प्रयोग गरेर उनलाई दबाब वा ब्ल्याकमेल गरेको थियो कि भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ । साथै, अन्य डिजिटल प्रमाणहरूको समेत परीक्षण भइरहेको छ ।
अनुसन्धानमा सियाको विवाह सम्पन्न र धनी परिवारमा हुन लागेको अवस्थाले पनि चेतनले दबाब सिर्जना गरेको हुन सक्ने आशंका गरिएको छ । यदि सियाले केतनको हत्या योजनामा साथ नदिए उनीहरूको सम्बन्ध सार्वजनिक गरेर बदनाम गरिदिने धम्की दिएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी अनुसन्धानका क्रममा लोहागढ किल्लाबाट केतनलाई धकेल्ने योजना असफल भएमा ‘प्लान–सी’ समेत तयार गरिएको थियो भन्ने संकेत पनि भेटिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)