मदरसा शिक्षाको गुणस्तर सुधार र शिक्षक तालिममा बजेटले ध्यान दिएन : सांसद खातुन
nagariknews.nagariknetwork.com · Fri Jun 12 08:22:07 GMT 2026
संसद्मा जारी आर्थिक वर्ष २०८३/२०८४ को बजेट बहसमा भाग लिँदै नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले मदरसा शिक्षाको गुणस्तर र शिक्षक तालिमका लागि ठोस योजना आउन नसकेको भन्दै ध्यानाकर्षण गराएकी छन्।
मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै उनले बजेटमा मदरसा शिक्षातर्फ २१८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको भए पनि गुणस्तर सुधारका कार्यक्रमहरू पर्याप्त नभएको गुनासो गरिन्। संसद्मा बोल्दै उनले बजेटमा विद्यालय शिक्षा, छात्रवृत्ति, प्राविधिक शिक्षा, शिक्षक क्षमता विकास र शैक्षिक पूर्वाधार सुधारका केही कार्यक्रम समेटिनु सकारात्मक भएको बताइन्। तर अर्कोतर्फ मदरसा शिक्षाको गुणस्तर बढाउन कुनै ठोस योजना नदेखिएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)