एसएमएसमा आएको लिंक क्लिक गर्दा कनेक्ट आईपीएस ह्याक, रातभरमै बैंकबाट साढे २५ लाख गायब !
techpana.com · Fri Jun 12 16:07:40 GMT 2026

काठमाडौं । मोबाइलमा आएको एउटा शङ्कास्पद लिंकमा क्लिक गर्दा एक व्यक्तिको बैंक खाताबाट रातभरमै साढे २५ लाख रुपैयाँभन्दा बढी रकम चोरी भएको घटना सार्वजनिक भएको छ । काठमाडौं जिल्ला अदालतमा दायर एक साइबर ठगीसम्बन्धी मुद्दाबाट यो विषय बाहिरिएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा यसको अभियोग पत्र पेस भइसकेको छ । जसअनुसार, पीडित सुजन खनालको कनेक्ट आईपीएस ह्याक गरी प्रतिवादीहरूले कूल २५ लाख ४४ हजार १०० रुपैयाँ अनधिकृत रूपमा विभिन्न बैंक खातामा ट्रान्सफर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)