घट्यो सुनको मूल्य
merolifestyle.com · Mon Nov 07 05:36:00 GMT 2022
नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला १४ सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)