निर्माण व्यवसायमा उदाहरणीय सुमन
nepalhomes.com · Sun Oct 30 07:11:06 GMT 2022
रामपुर (पाल्पा) । भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुन् । अहिले उनलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याई छ ।
पाल्पाको रामपुर नगरपालिका–४ स्थित बाङ्गेपसलकी सुमन करिब दुई दशकदेखि यस क्षेत्रमा आबद्ध छिन् । एक दशकदेखि भने आफ्नै नेतृत्वमा घर भवन निर्माण गरिरहेकी छन् । सुरुमा ढुङ्गा, इँटा, छड, सिमेन्ट बोक्ने, तारजाली भर्ने, गारो लगाउने, प्लाष्टर गर्ने काम गरेकी उनले यतिबेला समाजमा अब्बल र साहसी महिला निर्माण व्यावसायीका नामले आफ्नो पहिचान बनाएकी छन् । आफूले पढ्ने रहर भएर पनि परिवारको अर्थावस्थाले पढ्ने वातावरण नबनेपछि श्रीमानसँगै सुमन यस क्षेत्रमा लागेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)