संविधान संशोधन कार्यदलले असारभित्र प्रतिवेदन बुझाउने
kendrabindu.com · Sun Jul 05 01:11:24 GMT 2026

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार समेत रहेका संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले अन्तिम चरणमा पुगेको बताए।
नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा शाहले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको जानकारी दिए। ‘संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको छ। यसमा अब असारको मसान्त भित्रमा यसको प्रतिवेदन बुझाउने सम्माननीय प्रधानमन्त्री समक्ष बुझाउने हाम्रो कार्यक्रम रहेको छ,’ शाहले भने।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)