अमेरिकाको २५०औं स्वतन्त्रता दिवसमा ट्रम्पको सम्बोधन- हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन
nepalviews.com · Sun Jul 05 04:36:07 GMT 2026

एजेन्सी । अमेरिकाले आफ्नो स्वतन्त्रताको २५० वर्ष पुगेको अवसरमा देशभर ऐतिहासिक ‘अमेरिका २५०’ उत्सव भव्य रूपमा मनाएको छ। ४ जुलाई १७७६ मा उत्तर अमेरिकाका १३ बेलायती उपनिवेशहरूले स्वतन्त्रताको घोषणा गर्दै बेलायतबाट अलग हुने ऐतिहासिक निर्णय गरेको दिनको स्मरणमा शनिबार अमेरिकाका ५० वटै राज्यहरूमा परेड, साङ्गीतिक कन्सर्ट र आतिशबाजीसहितका विविध कार्यक्रमहरू आयोजना गरिए।
यद्यपि, यस ऐतिहासिक उत्सवलाई खराब मौसम, १०२ डिग्री फरेनहाइट (३९ डिग्री सेल्सियस) सम्मको कीर्तिमानी गर्मी र शक्तिशाली आँधीबेहरीले विभिन्न स्थानमा प्रभावित तुल्यायो। प्रतिकूल मौसमका बाबजुद पनि लाखौं अमेरिकी नागरिकहरू यस ऐतिहासिक उत्सवमा सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)