विश्वकप इतिहासमा नयाँ स्वर्णिम अध्याय : लियोनेल मेस्सी ३० विश्वकप खेल खेल्ने पहिलो फुटबलर
kalakarmi.com · Sun Jul 05 04:48:04 GMT 2026
काठमाडौं- अर्जेन्टिनाका कप्तान ले विश्व फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान थप्दै फिफा विश्वकप इतिहासमा ३० खेल खेल्ने पहिलो खेलाडी बनेका छन्। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो ३०औँ खेलमा मैदान उत्रिएसँगै मेस्सीले विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा आफ्नो नाम स्वर्ण अक्षरमा अंकित गरेका हुन् ।
३९ वर्षीय मेस्सीले पहिलोपटक सन् २००६ मा विश्वकपको स्वाद चाखेका थिए । त्यसयता उनले लगातार छ संस्करण—२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६—मा अर्जेन्टिनाको जर्सी लगाउँदै विश्वकप यात्रालाई निरन्तरता दिएका छन् । दुई दशकभन्दा लामो समयसम्म विश्व फुटबलको उच्चतम स्तरमा उत्कृष्ट प्रदर्शन कायम राख्नु आफैंमा एउटा असाधारण उपलब्धि मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)