सप्तरीका सबै निर्वाचन स्थलमा निर्वाचन सामग्री पुगिसके : मुख्य निर्वाचन अधिकृत
nepalghatana.com · Sat Nov 19 10:29:00 GMT 2022
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीका सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएका छन् । भाेलि हुने निर्वाचनका लागि जिल्लाका २९७ वटै मतदानस्थलमा आवश्यक सामग्री पुगिसकेकाे छ । अहिले मतदानका लागि बुथ निर्माण भइरहेकाे उनले बताए ।
‘महिला, पुरुष र अशक्त अपांगताका लागि सहज रूपमा मतदान गर्ने वातावरणका लागि बुथ निर्माण गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिएको उनले बताए । सबैलाई सहज हुनेगरी बेलुकासम्म बुथ तयार भइसक्ने उनको भनाइ छ । उनले भने,´भाेलि मतदान सकिएसँगै मतगणना सुरु गर्ने तयारी थालिएकाे छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)