राष्ट्रिय मानवअधिकार आयोगको टोली जबराको निवासमा
kathmandupress.com · Sun Sep 18 09:26:00 GMT 2022
काठमाडौं, असोज २ : राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेको छ। विभिन्न सञ्चारमाध्यममार्फत जबराले आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगको टोली बालुवाटारस्थित जबराको निवासमा पुगेको हो ।
आयोगले प्रवक्ता टीकाराम पोखरेलको नेतृत्वको टोलीलाई अनुगमनका लागि जबरा निवास पठाएको हो । आइतबार नै आयोगको टोली सर्वोच्च अदालत पनि पुगेको बताइएको छ । अनुगमन टाली फर्किएपछि जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनिक गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)